२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा, जेठभित्रै सवारी चल्ने तयारी

ललितपुरस्थित ग्वार्को चोकको फ्लाइओभरमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सडक विभागका अनुसार आगामी जेठ महिनाभित्रै फ्लाइओभरमा सवारी साधन गुडाउन दिने तयारी गरिएको छ। सडक विभाग, गुणस्तर तथा अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बराहीका अनुसार फ्लाइओभरको दुवै छेउका ‘र्‍याम्प’ हरूमा कालोपत्रेको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। उनले भने, “ग्राभेलपछि बनाइएको बेस कोर्समा प्राइम कोट बिछ्याउने काम सुरु भइसकेको छ। जेठभित्रै दुवैतर्फको र्‍याम्पमा कालोपत्रे सकिन्छ र त्यसपछि सवारी चल्न थाल्नेछ।” बराहीका अनुसार फ्लाइओभरमा आकासेपानी निकास, ट्राफिक लाइट जडान र पेन्टिङलगायतका बाँकी काम भने असार महिनाभित्र पूरा गरिने योजना छ।

फ्लाइओभर निर्माणको जिम्मा लिएको आरसी, समानान्तर र रिलिग्रे जेभी नामक निर्माण कम्पनीले कोटेश्वरतर्फको र्‍याम्पमा प्राइम कोट बिछ्याउन थालेको छ। प्राइम कोट पछि बिटुमिन तह राखेर कालोपत्रे गरिन्छ। केही दिनभित्रै कालोपत्रेको काम सुरु हुने विभागको भनाइ छ। तर, सातदोबाटोतर्फको र्‍याम्पमा भने अहिले बेस कोर्स निर्माण कार्य भइरहेको छ। त्यसपछि क्रमशः प्राइम कोट बिछ्याएर कालोपत्रे गरिने योजना बनाइएको छ।

सडक विभागले इन्जिनियरिङ, प्रोक्युअमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडल अन्तर्गत यो फ्लाइओभर निर्माणको लागि माघ २०७८ मा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्माण कम्पनीले आफैं डिजाइन गरी काम सम्पन्न गर्नुपर्ने व्यवस्था थियो। १७ करोड ६ लाख ८८ हजार रुपैयाँको सम्झौता अनुरूप २०७९ पुस २३ बाट निर्माण सुरु गरिएको थियो। तर, प्रारम्भिक चरणमै डिजाइनमा समस्या देखिएपछि निर्माण कार्य माघ २०७९ मा रोकिएको थियो। त्यसपछि डिजाइन परिमार्जन गरेर पुनः काम सुरु गरिएको थियो। निर्धारित म्यादहरू सकिएपछि कम्पनीले १० पुस २०८० यता जरिवाना तिरेर निर्माण कार्य जारी राखेको हो। अन्ततः सातदोबाटोपट्टिको र्‍याम्पमा समस्या देखिएपछि पुस–माघ महिनामा करिब एक महिना काम रोकिएको थियो। त्यसपछि पुनः माघ २३ देखि कार्य अगाडि बढाइएको थियो ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।