२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

सरकारले प्रस्ताव गर्‍यो: एसईई परीक्षा अब प्रदेशबाटै सञ्चालन गर्ने

१४ असार, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेशबाटै सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ। शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले सरकारको तर्फबाट यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन्। शिक्षामन्त्री पन्तले भने, ‘‘बजेटमा पनि एसईई प्रदेशमा दिने भनेर पास गरिएको छ। सीटीईभीटीमा भर्ना हुने प्रक्रिया एसईईपछि मात्रै सम्भव हुन्छ। यदि एसईई हटायो भने सीटीईभीटीमा कसरी भर्ना गर्ने?’’ उनले एसईईलाई पूर्ण रूपमा हटाउने निर्णयले भविष्यमा अन्य शिक्षासम्बन्धी प्रणालीलाई असर पार्न सक्ने भन्दै, त्यसलाई राखेर प्रदेशस्तरबाट सञ्चालन गर्ने प्रस्ताव सरकारको रहेको स्पष्ट पारे।

नयाँ विद्यालय शिक्षा विधेयकको प्रस्तावित मस्यौदामा भने एसईईलाई नराख्ने उल्लेख गरिएको छ। समितिको उपसमितिले पनि एसईई हटाउनेतर्फ सहमति जनाइसकेको छ। तर शिक्षा मन्त्रालय भने यसलाई गुणस्तर परीक्षणको एउटा भरपर्दो आधार मान्दै, संघीय प्रणालीभित्र प्रदेशमार्फत सञ्चालन गर्नुपर्ने पक्षमा रहेको छ। शिक्षामन्त्री पन्तले एसईई प्रणालीले विद्यार्थीको स्तर मापन गर्न मद्दत पुग्ने भएकाले यसलाई परिमार्जन गरेर जोगाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।