२०८२ माघ १६ शुक्रबार
Search
२०८२ माघ १६ शुक्रबार

कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँः सभापति थापा

पाटन (ललितपुर), ९ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस बदलिनुपर्छ भनेर नागरिकले गरेको आह्वानलाई आफूहरूले सम्मान गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज पदभार ग्रहण भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति थापाले विशिष्ट परिस्थितिमा पार्टीको विशेष महाधिवेशन सम्पन्न गरेर यो जिम्मेवारी लिने परिस्थितिमा आइपुगेको बताउनुभयो । उहाँले आफूहरूका बारेमा हिसाबकिताब गरेर महाधिवेशन गरेको नभइ नागरिकहरूको कुरा सुनेको धारणा राख्नुभयो ।

“कांग्रेस बदलिनै पर्छ भन्ने आह्वानलाई हामीले सम्मान गरेको हो । त्यो गर्नै पथ्र्यो, हाम्रो पार्टीका संस्थापकहरूले हामीलाई सिकाएको कुरा यही नै हो, अधिवेशनबाट जिम्मेवारी लिएको केही दिनपछि नै हामीले निर्वाचनका लागि उम्मेदवारी चयन गर्ने जिम्मेवारी सम्पन्न गर्नुप¥यो, सजिलो थिएन, निर्वाचन आयोगमा भएको वैधानिकताको परीक्षण, सम्मानित सर्वोच्च अदालतभित्र प्रवेश गरेको विषय प्रवेश, निवर्तमान सभापतिलगायत नेताहरूसँग गरिरहेको छलफल र संवादले आज यो ठाउँमा आइपुगेका छौँ”, उहाँले भन्नुभयो ।

सभापति थापाले विशेष महाधिवेशनले विधानमा परिवर्तन गरेको व्यवस्थाअनुसार अर्को पटकदेखि उम्मेदवार चयन गर्दा सम्बन्धित क्षेत्रका पार्टीको सदस्य र आमनागरिकले मतदान गरेर तलैबाट चयन गर्ने व्यवस्था गरिनुपर्छ भन्दै यो वर्ष समय अभावका कारण सम्बन्धित क्षेत्रबाट उम्मेदवार चयन गर्न सम्भव नभएको बताउँदै अर्को पटकदेखि लागू हुने बताउनुभयो ।

उपसभापति विश्वप्रकाश शर्माले विगतमा कांग्रेसले चुनाव जितेर आएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने गरेको बताउँदै विगतमा भन्दा भिन्न परिस्थितिमा निर्वाचन हुन गइरहेकाले आममतदातालाई भोलिको उम्मेदवारको बारेमा परिचित गराएको स्पष्ट पार्नुभयो । पार्टीप्रति नागरिकको विश्वास जगाउन चुनाव अगावै प्रधानमन्त्रीको उम्मेदवार घोषणा उहाँको भनाइ छ ।

उहाँले निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार चयन गर्दा नेतृत्व गर्ने व्यक्तिको पृष्ठभूमि, व्यक्तिको संस्कार, नेतृत्व क्षमता र योग्यताको बारेमा जानकारी हुनुका साथै देशलाई कसरी हाँकेर जान सक्छ भन्ने विषयको ज्ञान हुने बताउनुभयो । उपसभापति शर्माले जेनजी विद्रोहले माग गरेको परिवर्तनलाई कांग्रेसले सम्बोधन गर्ने तागत राखेको तर्क गर्दै पार्टीभित्र परिवर्तनको अभ्यास गरेको बताउनुभयो ।

Picture of इन्द्र मगर

इन्द्र मगर

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।