२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

प्रधानमन्त्री ओलीसँग चिनियाँ जनकङ्ग्रेस उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले यही जेठ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको ‘सगरमाथा संवाद’ को सफलताको कामना गर्दै नेपाल–चीनबीचको ऐतिहासिक, मैत्रीपूर्ण समस्यारहित सम्बन्धलाई अझ सुदृढ पार्न चीन प्रतिवद्ध रहेको बताएका छन्।

उपाध्यक्ष सिआओ चीले नेपालको समृद्धि विकासप्रति चिनियाँ नेतृत्वको शुभेच्छा व्यक्त गर्दै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीद्वारा सम्पन्न चीन भ्रमण सफल रहेको स्मरण गरे। प्रधानमन्त्री ओलीले दुई देशबीचको विश्वास, सद्भाव सहकार्यमा आधारित सम्बन्ध लामो समयदेखि सुदृढ रहेको उल्लेख गर्दै चीनले पछिल्लो समय विकास प्रविधिका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगति विश्वका लागि प्रेरणादायी रहेको बताए। उनले चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण बहुआयामिक ऐतिहासिक रहेको उल्लेख गर्दै त्यस भ्रमणपछिका सम्झौताहरूको कार्यान्वयनमा दुबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।

नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले पुनः स्पष्ट पारे। उनले आपसी सहकार्यका सम्झौताहरू कार्यान्वयन गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। शिष्टाचार भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।