२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

गाजाको खान युनिसमा इजरायली हवाई आक्रमण, ५४ जनाको मृत्यु

एजेन्सी — दक्षिणी गाजाको खान युनिस शहरमा इजरायली सेनाले रातभर गरेको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गएको छ। स्थानीय नासेर अस्पतालका अनुसार, हवाई आक्रमणपछि अस्पतालको शवगृहमा ल्याइएका शवहरूको संख्या ५४ पुगेको छ। एसोसिएटेड प्रेसका स्थानीय क्यामेराम्यानले बुधबार रातिदेखि बिहीबार बिहानसम्म खान युनिसमा १० वटा हवाई आक्रमणको गन्ती गरेका छन्। अस्पतालमा ल्याइएका कतिपय शवहरू टुक्राटुक्रा अवस्थामा छन् भने केही शवहरू बोरामा राखिएका थिए, जसमा धेरै व्यक्तिको अवशेष मिश्रित रहेको जनाइएको छ।

यो आक्रमण गाजाको उत्तर दक्षिण दुबै क्षेत्रमा बुधबार गरिएको आक्रमणपछि भएको हो, जसमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको थियो। लगातारको दोस्रो रात इजरायली सेनाले तीव्र आक्रमण जारी राखेको देखिएको छ। यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणकै क्रममा भएका हुन्। ट्रम्प हाल खाडी मुलुकहरूको भ्रमणमा छन्, तर इजरायलको भ्रमण भने तय गरिएको छैन। उनको भ्रमणले गाजामा युद्धविराम सम्झौता वा मानवीय सहायता पुनः सुरु हुने आशा गरिएको थियो। गाजामाथिको इजरायली नाकाबन्दी हाल तेस्रो महिनामा प्रवेश गरिसकेको छ, जसका कारण त्यहाँको मानवीय अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।