२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन सुरु

म्याग्दी — म्याग्दी जिल्लाको उच्च हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा संकलन सुरु गरेका छन्। धवलागिरि गाउँपालिका–गुर्जा, वडा नं–मुदी, रघुगङ्गा गाउँपालिका–चिमखोलाका स्थानीयवासी यार्सागुम्बा खोज्न धौलागिरि, चुरेन, गुर्जा हिमालको फेदीस्थित बुकी पाटनमा पुगेका हुन्। गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार वैशाख २६ गतेदेखि यार्सागुम्बा संकलनको अनुमति दिइएको हो। गुर्जाका २५० घरधुरीमध्ये अधिकांश घरबाट कम्तीमा एक जना सदस्य यार्सा संकलनमा गएका छन्।

यस्तै, चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले स्थानियवासीहरूले कृषि कार्य विकास आयोजनाको काम सकेपछि बुकीमा यार्सा संकलनका लागि गएको जानकारी दिए। चिमखोलाबाट करिब ५० जना स्थानीयवासी खाद्यान्न, लत्ताकपडा लिएर ३–हप्ताका लागि यार्सा खोज्न गएका छन्। सङ्कलनकर्ताहरू ओढार वा त्रिपालको छाप्रोमा बसोबास गर्दै यार्सा संकलन गर्छन्। अनुकूल मौसम परेमा दैनिक एक जनाले एक सयसम्म यार्सागुम्बा टिप्ने दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरिएको छ। स्थानीयस्तरमा यार्सा प्रतिगोटा २००–२५० रुपैयाँसम्म बिक्री हुने गर्छ।

धौलागिरि क्षेत्रका लागि यार्सागुम्बा मौसमी रोजगारी महत्वपूर्ण आम्दानीको स्रोत बनेको छ। संकलन सुरु गर्नु अघि पूजापाठ गर्ने चलन पनि यथावत् छ। हालसम्म डिभिजन वन कार्यालयमा कुनै पनि व्यक्तिले यार्सागुम्बा संकलनको औपचारिक अनुमति लिएका छैनन्। जानकारी अनुसार, यार्सागुम्बा संकलन निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी तथा छोटपुर्जी लिनु अनिवार्य हुन्छ। प्रतिकिलो १० हजार रुपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था छ। व्यवसायीहरूले गाउँमै पुगेर यार्सा खरिद गर्ने गरेका छन्। सर्वसाधारणबाट प्रतिकिलो पाँचदेखि लाख रुपैयाँमा यार्सा किन्ने गरिएको भने बजार मूल्य आठदेखि १० लाख रुपैयाँसम्म रहेको जानकारहरू बताउँछन्

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।